अब विद्यार्थीले उमेर, नाम र थर फरक परेमा सच्याउन सक्ने

लोकपथ
0
Shares

काठमाडौं । अब शैक्षिक प्रमाणपत्र, जन्मदर्ता र नागरिकतामा उमेर, नाम थर लगायतका विवरण फरक परेका विद्यार्थीहरुका लागि सहज हुने भएको छ ।

यसअघि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा विवरण फरक परेमा विद्यार्थीहरुले सच्याउन पाउने भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी नियमावली संशोधन गरी विवरण फरक परेमा सच्याउन पाउने व्यवस्था गरेको हो ।

बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियम, २०८० सशोधन गरेकोह हो ।

त्यससँगै लामो समयदेखि समस्यामा रहेको विद्यार्थीहरुलाई सहज हुने भएको छ ।

यसअघि उक्त विवरणहरु फरक परेमा सच्याउनका लागि ६ महिनाभित्र दरखास्त दिनुुपर्ने प्रावधान रहेको थियो ।

तर त्यसलाई संशोधन गरेर ५ वर्षको समय दिइएको छ । तर ५ वर्ष भन्दा बढी नाघेकाहरुको हकमा भने नियम लागू भएको एक वर्षभित्र आवेदन दिएर सच्याउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?