जल तथा मौसम पूर्वानुमानको क्षेत्र अझ यर्थातपूरक बनाउँछौं : मन्त्री बस्नेत

लोकपथ
21
Shares

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यर्थातपूरक बनाउँने गरी सरकारले काम अगाडि बढाएको बताएका छन् ।

बिहीबार जल तथा मौसम विज्ञान विभागमा अनुगमनको क्रममा मन्त्री बस्नेतले डिएचएमले पूर्व सूचना पूर्वानुमान प्रणालीलाई व्यवस्थित गर्ने कुरामा काम गरिरहेको बताए । उनले सरकारले पनि आवश्यक प्रविधि जनशक्ति र तालिम व्यवस्था गरी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यर्थातपूरक बनाउँने गरी काम अगाडि बढाएको बताए ।

उनले भने ,‘डिएचएमले पूर्व सूचना पूर्वानुमान प्रणालीलाई व्यवस्थित गर्ने कुरामा काम गरिरहेको छ । पूर्वानुमानलाई अझ अनुमान योग्य र भरपर्दो कसरी बनाउँने त्यसमा ध्यान दिन जरुरी छ । आवश्यक प्रविधि जनशक्ति र तालिमको कुरामा मन्त्रालयले पूरा ध्यान पु¥याउने छौं यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यर्थातपूरक बनाउँने गरी काम अगाडि बढाएका छौं।’

उनले जलवायू परिवर्तनको प्रभाव जल मौसमको क्षेत्रमा अझ बढदै गईरहेको टिप्पणी गरे ।

उनले भने,‘जलवायू परिवर्तनको प्रभाव जल मौसमको क्षेत्रमा अझ बढ्दै गईरहेको छ । त्यसले हामीलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । जल तथा मौसम क्षेत्रमा मौसमको अवस्थामा पूर्वानुमानको विषय पूर्व सावधानका विषय उपाय अबलम्बन गर्ने कुरा सबैको ध्यान जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?