काठमाडौं । गायीका समीक्षा अधिकारीले आफूूलाई अष्ट्रेलियाले भिषामा प्रतिबन्ध नलगाएको स्पष्ट पारेकी छिन् ।
उनले यसअघि केयर टेकरको रुपमा लगेको पारिवारिक सदस्य उतै बसेको भन्ने विषयले समीक्षालाई अष्ट्रेलियाले प्रतिबन्ध लगाएको भन्ने विषय यतिबेला चर्चामा छ ।
धेरैले उनलाई अष्ट्रेलियाले प्रतिबन्ध लगाएको भन्दै आलोचना भएपछि उनले आफूूलाई अष्ट्रेलियाले प्रबितन्ध नलगाएको स्पष्टीकरण दिएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै गायीका अधिकारीले यसअघि आफ्नो दिदिलाई लगेकोमा कानुन अनुसार पढिरहेको समेत बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो । ’
त्यस्तै अहिले तीज कार्यक्रमका लागि अष्ट्रेलिया जान लाग्दा फाइनान्सियल कारण देखाएको कारण आफूूले त्यसको डकुुमेन्ट पठाएको समेत बताइन् ।
आफू १८ वर्ष पुगिसकेकाले गार्जियन अप्लाइ गर्न नपरेको समेत बताइन् ।
‘अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो । म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस,’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया