अमेरिकाले माल्दिभ्सलाई आर्थिक सहयोग गर्ने

एजेन्सी । अमेरिकाले माल्दिभ्सलाई ९५ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । 

अमेरिकाको ट्रम्प प्रशासनले माल्दिभ्ससँग आफ्नो सम्बन्धलाई मजबुत बनाउने प्रयास स्वरुप ९५ लाख डलर सहायता प्रदान गर्ने घोषणा गरेको हो । 

माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिद र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले द्धिपक्षीय सम्बन्ध मजबुत गर्ने साझा हितको विषयमा चर्चा गरेको र उक्त सहयोगको घोषणा गरिएको जनाइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?