‘डीपीएल’ क्रिकेट : काठमाडौं गोल्डेन्सले खेल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश

काठमाडौं । महेन्द्रनगर युनाइटेड जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर अन्तिम दुईमा प्रवेश गरेको हो । शुक्रवार हुने क्वालिफायरको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सका खेलाडीहरु मैदानमा नआएपछि अफिसियलहरुले महन्द्रनगरलाई विजेताको घोषणा गरेको थियो । 

तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले बताए । 

यसअघि बिहीवार काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई ‘डीपीएल’ क्रिकेटको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

त्यसैको विरोध गर्दै काठमाडौंले महेन्द्रनगरविरुद्धको खेल बहिस्कार गरेको थियो । अब फाइनलमा महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?