सुनचाँदी खरिद गर्दै हुनुहुन्छ ? ग्राहकले भर्नुपर्नेछ ‘नो योर कस्टमर’ फारम

काठमाडौं । सरकराले सुनचाँदी र बहुमूल्य धातुको कारोबारमा निगरानी गर्ने भएको छ । 

१० लाखभन्दा बढीको बहुमूल्य धातुको कारोबारमा सरकारले व्यवसायीलाई ग्राहकको विस्तृत अभिलेख राख्ने व्यवस्थाका लागि तयारी थालिएको हो ।

आन्तरिक राजश्व विभागले सम्पत्ति शुद्धिकरण ऐनको व्यवस्था अनुरुप सो तयारी थालेको हो । 

राजश्व विभागले सुनचाँदी व्यवसायलाई आफ्ना ग्राहककको अभिलेख राख्न र त्यसको सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने गरी निर्देशन जारी गर्न लागेको छ ।

सरकारले यो निर्देशन जारी भएपछि १० लाखभन्दा बढीको सुनचाँदी र बहुमूल्य धातुको कारोबार गर्दा ग्राहकलाई पसलहरुले ‘नो योर कस्टमर’ (केवाईसी) फारम भर्नुपर्ने छ ।

नयाँ गर्न लागिएको यो व्यवस्थाअनुसार अब सुन किन्दा ग्राहकले आफ्नो आर्थिक स्रोत खुलाउनुपर्छ । यदि कुनै शंकास्पद कारोबार भएमा सुन पसलहरुले त्यसको जानकारी सरकारलाई दिनुपर्ने हुन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?