७८ लाख घुस प्रकरणमा राजपाका नेता पनि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा राजपाका नेता–कार्यकर्ताहरु पनि तानिएका छन् । लम्बोदर समूहबाट रकम लिन पाठकले राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई प्रयोग गरेका थिए । 

यसैसाता मात्रै राजीनामा दिएका पाठकले नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहसँग ७८ लाख घुस लिएका थिए ।

घुस प्रकरणका भिडियो फुटेजहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । 

एक अनलाईले प्रकाशित गरेको समाचार र युट्युवमा अपलोड गरेको भिडियोमा राजनारायणले घुस प्रकरणका भिडियो फुटेजहरु हत्याउन माओवादी कार्यकर्तालाई प्रयोग गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?