प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने कानून ! ‘कांग्रेसको आरोप मात्रै की साच्चै’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको आरोप लगाएको छ । 

कांग्रेस नेता गगन कुमार थापाले शुक्रवार १ बजे बसेको प्रतिनिधिसभा बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै सो कुरा बताएका हुन् । 

प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था गर्न लागेको आरोप लगाउँदै नेता अथापाले भने, ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन मल्ने, तर त्यसका बारेमा आलोचना गर्यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’

सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको उनले बताए । 

यहाँ यो विषय दफा र धाराको नभएर नियतको भएको बताए । 

उनले भने, ‘यहाँ विषय दफाको होइन, धाराको होइन, नियतको हो, यो सदनमा सफल गरेर मात्र सच्याउन सकिने प्रस्तावित ऐन होइन ।’ 

यसैगरी सरकारले सामाजिक सञ्जालहरु दर्ता गर्ने नियम ल्याउन थालेको विषयमा प्रश्न गर्दै नेता थापाले भने, ‘विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ?, दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?