कृशल र सेड्रिनाको अभिनय रहेको गीत ‘ओढेर घोङघट’ सार्वजनिक

काठमाडौं । दीपक आचार्यद्वारा निर्देशित ‘ओढेर घोङघट’ बोलको गीत सार्वनकि भएको छ । 

बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो गीतको भिडियो सार्वजनिक गरिएको हो । 

गीतको भिडियोमा कृशल कंडेल  र सेड्रिना शर्माले पहिलोपटक स्क्रिन शेयर गरेका छन् । 

नेपाल आइडल दोस्रो सिजनको टप ८ मा पुग्न सफल कृशल र नाई न भन्नु ल ५ देखि चर्चामा आएकी सेड्रिना शर्माको अभिनय भिडियोमा देख्न सकिन्छ । 

यो गीतमा स्वयं कृशलको स्वर रहेको छ ।

अर्जुन पोखरेलको संगीत, नृपेश उपे्रतीको शब्द रहेको गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ ।  

दुई दिन लगाएर छायांकन गरिएको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?