भोलिदेखि मौसममा सुधार आउने, कोशी र मधेशमा आज भारी वर्षाको सम्भावना

लोकपथ
42
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (आइतबार)बाट मौसममा सुधार आउने जनाएको छ । तर, आज भने कोशी र मधेश प्रदेशमा भारी वर्षको सम्भावना रहेको जनाएको हो ।

हाल मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले अहिले वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतर्फ सरेकाले आइतबारबाट पश्चिमबाट पूर्वतर्फ ः मौसम क्रमशः खुल्दै जाने मौसम विभागको अनुमान छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली भइरहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेश सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा लुम्ले र ओखलढुंगामा भारी वर्षा भएको छ । लुम्लेमा ११४ दशमलव ४ र ओखलढुंगामा १०६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । नेपालगञ्जमा पनि धेरै वर्षा भएको छ । रातभर नेपालगञ्जमा ९९ दशमलव ८,विराटनगरमा ६१ दशमलव ९,धनगढीमा ५० दशमलव ७,पोखरामा ३१ दशमलव ६ र काठमाडौंमा १९ मिलिमिटर वर्षा मापन भएको छ ।

गण्डकी, बागमती, मधेश प्रदेशमा भारी वर्षा भएकाले बारा, सिन्धुपाल्चोक लगायतका जिल्लामा बाढी पहिरो र डुवानको सम्भावना रहेकोले बाढी पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?