काठमाडौं । यो साता सेयर बजारले लगानीकर्ताहरुमाझ कुनै पनि किसिमको सकारात्मक आशा ल्याउन सकेन ।
धितोपत्र दलाल व्यवसायीहरुले पुँजीजार सुधारको माग गर्दे नेपाले धितोपत्र बोर्ड समक्ष यसैसाता ज्ञापनपत्र बुझाएका थिए । तर त्यसको प्रभावर सेयर बजारमा देखिएन । नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से तीन कार्य दिन लगातार घट्यो भने दुई कार्य दिन बढ्यो । बढेको दुई कार्यदिनमा पनि कारोबार रकम खासै बढन सकेन । यसले गर्दा पनि लगानीकर्ताहरु सेयरबजारप्रति यो साता पनि खासै उत्साहिन हुन सकेनन् ।
सेयर बजार परिसुुचक (नेप्से) यो साता दुई हजार १३ दशमलव ९३ अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ५६ अंकमा खुम्चिन पुग्यो । साताभर दुुई सय ७७ वटा कम्पनीहरुको मात्र सेयर किनबेच भयो । जसबाट कुल दुई लाख दुई हजार चार सय १९ पटकको कारोबारमा दुई करोड ३५ लाख ४८ हजार आठ सय ९३ कित्ता शेयर किनबेच भयो । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम सात अर्ब २५ करोड २६ हजार नौं सय ८३ रुपैंयाँ कायम हुन पुग्यो । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैंयाँले कम हो ।
नेप्सेमा गत साता भने १० अर्ब ४८ करोड ८५ लाख ११ हजार चार सय ९६ रुपैंयाँ सेयर कारोबार भएको थियो । उक्त साता कुल दुुई सय ८९ वटा कम्पनीहरुको तीन लाख १४ हजार नौं सय छ पटकको कारोबारमा दुई करोड ९५ लाख ८७ हजार दुई सय ३० कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पहिलो, दोस्रो र पाँचौ दिन घटेको नेप्से तेस्रो र चौंथो दिन भने बढेको थियो ।
जसमध्ये पहिलो दिन २१ दशमलव ९९ अंकले बढेर दुई हजार ११ दशमलव १४ अंकमा खुम्चिएको नेप्से दोस्र्रो दिन पनि १२ दशमलव ९३ अंकले घटेर एक हजार नौं सय ९८ दशमलव २८ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ अंकमा पुग्न सफल नेप्से चौंथो दिन पुन २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा कायम रहन सफल भएको थियो । पाँचौं दिन भने नेप्से ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ अंकमा खुम्चिन पुगेको थियो ।
यसैगरी पहिलो दिन तीन दशमलव २५ अंकले घटेर तीन सय ८४ दशमलव १२ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि एक दशमलव ५० अंकले घटेर तीन सय ८२ दशमलव ६२ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन भने नेप्से तीन दशमलव ३६ अंकले बढेर तीन सय ८५ दशमलव ९८ अंंकमा चढेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन चार दशमलव ३० अंकले बढेर तीन सय ९० दशमलव २८ अंकमा पुग्न सफल भएको थियो । पाँचौ दिन भने सेन्सिटिभ इन्डेक्स चार दशमलव ७२ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, घोराही सिमेन्ट, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया