सुडानका राष्ट्रपतिद्वारा मुलुकमा संकटकाल घोषणा

एजेन्सी । सुडानका राष्ट्रपति ओमार अल बासिरले मुलुकमा संकटकाल घोषणा गर्दै संघ र प्रदेश सरकार विघटन गरेका छन् । 

एक वर्षका लागि मुलुकमा संकटकालको घोषणा गर्दै राष्ट्रपति बासिरले प्रदेश सरकारका गर्भनरलाई समेत बर्खास्त गरेका छन् । 

राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकभर चर्केको विरोध प्रदर्शनलाई मत्थर पार्न  पछिल्लो कदम चालेको र सो कदम हस्तक्षेपपूर्ण भएको भन्दै आलोचना भएको बीबीसीले उल्लेख गरेको छ । 

राष्ट्रपति बासिरले भने निर्वाचनमा गएपछि मात्रै सरकारको नेतृत्व परिवर्तन हुने प्रतिक्रिया दिएका छन् । 

उनले पुनः निर्वाचनमा उम्मेदवारी दिन संसदमार्फत संविधान संशोधनको प्रयास गरेका कारण सरकार विरोधी आन्दोलन चर्किएको बीबीसीले जनाएको छ भने तत्कालका लागि संशोधन प्रक्रिया समेत स्थगित गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?