डीपीएल क्रिकेटको फाइनल आज, महेन्द्रनगर र अत्तरियाबीच प्रतिस्पर्धा

धनगढी । फाप्ला क्रिकेट मैदानमा आज हुने फाइनल खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुने भएको छ ।  

सर्वाधिक पुरस्कार राशीको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल शनिवार अपरान्ह १२ः३० मा शुरु हुनेछ । महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो ।

काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ । अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको छ । महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहि प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?