भेनेजुएला र ब्राजिल सीमा क्षेत्रमा भएको झडपमा दुईको मृत्यु

एजेन्सी । भेनेजुएला र ब्राजिलसँगको सीमा क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले सीमा क्षेत्र बन्द गर्ने घोषणा गरेका थिए । ब्राजिलले मानवीयय सहायता सामाग्री दिने घोषणा गरेपछि राष्ट्रपति मडुरोले सीमा बन्दको घोषणा गरेका थिए । 

सो घोषणासँगै सीमा क्षेत्रमा सेना र सर्वधारणाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको हो । 

सीमा क्षेत्रमा बन्दको अवज्ञा गर्दै सेनालाई रोक्न पुगेका सर्वसाधरणमाथि सेनाले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१५ देखि आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलाका २७ लाख मानिस अन्य मुलुकमा शरण लिन बाध्य भएका छन् ।

मानविय सहायता सामाग्रीको अभावमा कयौं व्यक्तिको ज्यान गएको भन्दै भेनेजुएलाका विपक्षी नेता हुवा गुवाईडो अन्तर्राष्ट्रिय सहयोगका लागि आहृवान गरेका थिए । तर, अमेरिका र ब्राजिलले सीमा क्षेत्रमा पुर्याएको सहायता सामाग्रीलाई राष्ट्रपति मडुरो सरकारले रोक लगाएपछि पछिल्लो तनाव सिर्जना भएको हो । 

सहायता सामाग्रीको बाहनामा मुलुकमा अस्थिरता निम्ताउने प्रयास भएको राष्ट्रपति मडुरोको आरोप छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?