बम विष्फोटका घाइतेलाई भेट्न पुगे गृहमन्त्री मेडिसिटी अस्पताल

काठमाडौं । शुक्रवार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडी भएको बम विष्फोटमा परि घाइते भएका प्रतिक्षा खड्का र उषा मानन्धरलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।

घाइते खड्का र मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए ।

घाइते खड्का र मानन्धरका साथै उनीहरुका आफन्तलाई समेत गृहमन्त्री थापाले भेटेका हुन् । घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानूनको कठघरामा ल्याउने बताए । 

मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए । 

अज्ञात समूहले शुक्रवार बम विष्फोट गराउँदा खड्का, मानन्धरसहित सिंहप्रताप गुरुङ घाइते भएका थिए । 

गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ । 

प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?