बम विस्फोटप्रति (नेकपा) असन्तुष्ट समूहको ध्यानाकर्षण

काठमाडौं । अज्ञात समुहले नख्खु ललितपुर स्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा बम विस्फोट गराए प्रति नेकपा असन्तुष्ट समूहले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

यस्तो क्रियाकलापले नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको भन्दै यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई असन्तुष्ट समूहले अपिल समेत गरेको छ ।

असन्तुष्ट समुहका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले एनसेललाई सम्पूर्ण करको बक्यौता तिर्नु र तिराउनु भनि आदेश दिइसक्दा पनि वर्तमान सरकारले यसबारेमा आवश्यक कदम नचाल्दा यो परिणामा सृजना भएको उल्लेख गरिएको छ । 

प्रेस विज्ञप्ती

मिति २०७५ फाल्गुन १० गते राती अज्ञात समुहले नख्खु ललितपुर स्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा बम विष्फोट गरी दुई जना नागरिक घाइते एवम् एक जना नागरिकको मृत्यु भएको घटनाप्रति (नेकपा) असन्तुष्ट समुहको गम्भीर ध्यानाकर्षण भएको छ । जुनसुकै राजनीतिक समुह वा संगठनले सो घटना घटाएको भएपनि निर्दोष नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको तथा अनाहकमा नागरिकले पीडा भोग्नुपर्ने अवस्थाको सिर्जना हुनु नागरिकको नागरिक अधिकार हनन् हुनु हो । अत यस्ता विध्वशंकारी गतिविधिले मुलुक र नागरिकको हित नहुने नहँुदा सम्बन्धित पक्षलाई विरोधका शान्तिपुर्ण गतिविधि गर्न समेत नेकपा असन्तुष्ट समुह हार्दिक अपिल गर्दछ ।

साथै विगतमा चुनाबको बेला तत्कालीन नेपाली काँग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतले एनसेलबाट अर्बौँ रुपैयाँ चुनाब खर्चको रुपमा लिदैँ एनसेलले तिर्न पर्ने कर मिनाहा गराई दिन्छौँ भनी एनसेललाई आश्वासन दिएको एवम् कर समेत तिर्न नपर्ने वातावरण बनाएपनि हाल सम्मानित सर्बोच्च अदालतले एनसेललाई सम्पुर्ण करको बक्यौता तिर्नु र तिराउनु भनी आदेश दिइसक्दा पनि वर्तमान सरकारले यस बारेमा आवश्यक कदम नचाल्दाको परिणाम यो बम विष्फोट प्रकरण हो भन्ने हाम्रो ठम्याई रहेको छ । 

अन्त्यमा तत्कालीन काँग्रेस ,एमाले र माओवादी केन्द्रले के कति पैसा लिएका हुन् सो विवरण सार्वजनिक गरी तत्काल नेपाल सरकारलाई तिर्न पर्ने सम्पुर्ण बक्यौता रकम आजको मितिबाट १५ दिनभित्र चुक्ता गर्न एनसेल नेपाललाई यसै विज्ञप्तीमार्फत अनुरोध गर्दछौँ । अन्यथा त्यहाँपछि उत्पन्न हुने परिस्थितिको जिम्मा एनसेल नेपालले नै लिनपर्ने व्यहोरा समेत अवगत गराउन चाहन्छौँ । साथै एनसेलबाट अर्बौँ रुपैयाँ चुनाब खर्च लिएर कर मिनाहा गरेको भनी सुन्नमा आएकोले यस सम्बन्धि आवश्यक छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराउदछौँ  
 ……………………….
 युवराज सफल
 संयोजक
(नेकपा) असन्तुष्ट समुह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?