पहिलो पटक डीपीएलको उपाधि अत्तरियालाई

धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । 

शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाल डीपीएल क्रिकेटको उपाधि जितेको हो ।
अत्तरियाले पहिलो पटक उपाधि जितेको हो ।

उपाधिसँगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको महेन्द्रनगरले १२ लाख पुरस्कार पाउँदै चित्त बुझाएको छ । 

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । अत्तरियाको जितमा सन्नी पटेलले अविजित रहँदै सर्वाधिक ४७ रन जोडे । अन्तिम २ बलमा रन आवश्यक हुँदा पाँचौ बलमा सन्नीले छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाए । २६ बलको सामना गरेका सन्नीले ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?