काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट आईटीएफ तेक्वान्दो खेलाडी छनोट भएका छन् ।
पुरुष स्पाइरिङतर्फ सर्लाहीका अशुतोष पासवान, सन्जित मण्डल, प्रभुदेव सिवाकोटी, शेरबहादुर सारु मगर र रितेश पासवान, धनुषाका सुवास चौधरी, सिरहाका धर्मेन्द्र कापरी तथा रौतहटका जयराम पावान रहेका छन् ।
सो स्पर्धाको महिलामा सर्लाहीका सन्जना यादव, श्रद्धा लामा, अरुणा सिवाकोटी, शुमन खड्का, अन्जना सिवाकोटी, रन्जना सिवाकोटी र करुणा सिवाकोटी तथा रौतहटकी सन्जिता ठोकर छन् ।
प्याटर्नको पुरुषमा सिरहाका मुकेश पण्डित, उमेश सिंह, साकेश यादव र जयराम यादव, धनुषाका अनुराग चौधरी तथा सर्लाहीका सन्तोष पासवान छनोट भए । उक्त स्पर्धाको महिलामा सबनमकुमारी यादव छनोट भइन् ।
त्यस्तै प्रदेश ३ बाट सहभागी हुने ब्याडमिन्टन खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषमा मकवानपुरका अभिषेक बोस, काठमाडौंका सुजन थापा, चितवनका निश्चल बस्नेत, काठमाडौंका अखिल श्रेष्ठ, सिन्धुपाल्चोकका रमेश श्रेष्ठ, ललितपुरका दिपेश शाक्य र चितवनका सागर घिमिरे रहेका छन् । महिलामा काठमाडौंकी मनीषा खड्का, भक्तपुरकी सफी खत्री, काठमाडौंकी तारा आले मगर, काठमाडौंकी महिमा श्रेष्ठ र ललितपुरकी कृष्मा वज्राचार्य छन् ।
बास्केटबलको छनोट शनिवारदेखि चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया