एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोना विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-२ गोल अन्तरले पराजित ग-यो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको २६ औँ, ६७ औँ र ८५ औँ मिनेटमा तीन गोल गरेका थिए । मेस्सीले गरेको यो ५० औँ ह्याट्रिक हो ।
खेल सकिनै लाग्दा लुइस स्वारेजल गोल गरे । यता सेभियाका लागि भने खेलको २२ औँ मिनेटमा नभास र ४२ औँ मिनेटमा मेर्काडोले समान एक-एक गोल गरेका थिए । जितपछि बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको ५७ अंक छ । सेभिल्ला ३७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा गेटाफेले रायो भाल्लेकानोलाई २-१ गोल अन्तरले तथा एथ्लेटिको बिल्बाओले इबोरलाई १-० गोल अन्तरले पराजित ग-यो । यता एलाभेस र सेल्टा डि भिगोबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया