आफूखुसी शुल्क बढाएको भन्दै विद्यार्थीहरुले कार्यकक्षमै थुनिदिए शिक्षक

लोकपथ
28
Shares

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र महेन्द्र मोरङका विद्यार्थीहरुले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस प्रमुखसहित चार जना शिक्षकलाई कार्यकक्षमा थुनिदिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन(स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै क्याम्पस प्रमुख बावुराम तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर रामनारयण दास, बिबिएमका कोडिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन् ।

स्ववियू सभापति जोसवन पौडेलका अनुसार यसअगाडी क्याम्पसले इन्टनसिप रिपोटको शुल्क १ हजार रुपैयाँ लिँदै आएको थियो । तर केही दिन अगाडिदेखि क्याम्पस प्रशासनले आफुखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएका हुन् ।

विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफुखसी शुल्क बृद्धि गरेपछि यसअघि निर्णाय सच्याउन भनेको तरक्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि क्याम्पस प्रमुखसहित शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको उनको भनाइ छ ।

यसअघि विद्यार्थीहरुले इन्टर्नसिप रिपोटको साविकको शुल्क कायम गरिनुपर्ने भन्दै २४ घण्टाको समय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?