तीनदिन देशभर वर्षा र हिमपातको सम्भावना, यस्तो छ मौसमविदको पूर्वानुमान

काठमाडौं । देशभर तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेको छ । 

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा आजदेखि बिहीवारसम्म मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिए । 

नेपालमा प्रवेश गरेको पश्चिमी वायुको प्रभाव गएरातिदेखि नै बदली शुरु भएको छ ।

यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधवार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

मौसमविद कँडेलले भने, ‘मंगलबार रातिदेखि बुधवार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ, त्यसको केही प्रभाव बिहीवार पनि देखिनसक्छ ।’ 

बिहीवारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ ।

आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।

मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको छ । यसैगरी उच्च हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना समेत रहेको मौसमी बुलेटिनमा उल्लेख गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?