एजेन्सी । फ्रान्सेली लिग वान फुटबल प्रतियोगिता अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा पीएसजीले निम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पएिसजीका लागि खेलको ४० औँ मिनेटमा क्रिस्टोफर नेकुन्कुले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको पीएसजीका लागि ६९ औँ मिनेटमा केलियन एम्बाप्पले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । त्यस्तै ८९ औँ मिनेटमा पुनः एम्बाप्पले गोल गरे ।
यो गोलसँगै उनले जारी लिग वानमा ५० गोल पुरा गरेका छन् । त्यसपछि खेलमा थप गोल भएन र खेल पीएसजीले ३-० ले जित्यो ।
जितपछि लिगको शीर्ष स्थानको रहेको पीएसजीले २५ खेलबाट ६८ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको लिलीको ५१ अंक छ । निम्स ३६ अंक सहित अंक तालिकाको ११ औँ स्थानमा छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा एमिन्सले नाइसलाई १-० गोल अन्तरले तथा गुइनग्याम्पले एंगर्सलाई १-० गोल अन्तरले पराजित ग¥यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया