काठमाडौं । जारी ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
यता नेपालले भने शुरुवाती बलिङ गर्दैछ । यी दुई टिमबीचको खेल बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भइरहेको छ ।
नेपाल हङकङलाई हराएर शीर्ष ३ टोलीविरुद्ध अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको अंक तालिकाको नेपाल चौथो स्थानमा छ । हङकङ भने अंकविहीन छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालई ३४ रनले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित नेपालले तेस्रो खेलमा भने युएईलाई ७ विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया