काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्पेनिस महासंघका अध्यक्ष लुइस रुबियालेसलाई ९० दिनका लागि निलम्बन गरेको छ ।
फिफा महिला विश्वकपको फाइनलमा स्पेनिस खेलाडी जेनी हर्मोसोसँग चुम्बनको घटनापछि फिफाले यो कदम चालेको हो।
फिफाको अनुशासन समितिले यस विषयमा छानबिन गर्नेछ र रुबियाले त्यसबेलासम्म महासंघको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् ।
चुम्बन गरेको भिडियोपछि विश्वभर हलचल मच्चाएको थियो । स्पेनका प्रधानमन्त्रीले पनि घटनाको ध्यानाकर्षण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया