काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले भोली ‘सोमवार’देखि चुक्ता पूँजीको हकप्रद शेयर निष्काशन गर्दैछ ।
वित्तीय संस्थाले सोमवारदेखि २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त वित्तिय संस्थाले एक करोड १० लाख रूपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।
माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । हकप्रदमा आवेदन दिने अन्तिम म्याद चैत्र १७ गतेसम्म रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया