ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाका नेता किम भियतनाम प्रस्थान

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन तीन दिने भ्रमणका लागि भियतनाम प्रस्थान गरेका छन् । 

नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ट्रम्पसँगको शिखर वार्ताका लागी भियतनाम प्रस्थान गरेका हुन् । 

वार्ता भियतनामको राजधानी हानोईमा बुधवार र बिहीवार हुने तय गरिएको छ । 

नेता किम आफ्नो बुलेट पु्रफ हरियो रेलमार्फत चीन हुँदै भियतानाम पुग्ने छन् । उनलाई त्यहाँ पुग्न २ दिन लाग्ने बीबीसीले उल्लेख गरेको छ । नेता किम बहिनी किम यो जोङ र प्रमुख वार्ताकार किम योङ चोल सहित वार्तामा सहभागी हुने उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

गत जुनमा सिंगापुरमा भएको वार्ता पछि हुन लागेको दोश्रो वार्ताले उत्तर कोरियाको आणविक निशस्त्रिकरणमा ठोस सहमति हुनसक्ने आशा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?