१० औं नेपाल भर्चुअल एजु फेयर शुरु

लोकपथ
21
Shares

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रा. लि ले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर शुरु गरेको छ ।

स्नातक तह का व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागकायका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् भने स्नातक तहमा पढ्ने तयारी गरेका, प्लस टू पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

साथै नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराएका थिए ।

उनका अनुसार विगतका वर्षहरूमा आर्थिकरूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति प्राप्त गर्न सकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?