एसिया कप : नेपालको विश्वको नम्बर वन टिमसँगको भेट, कस्तो होला खेल ?

लोकपथ
70
Shares

काठमाडौं । नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ । नेपालले भोलि भदौँ १३ गते एसिया कपको पहिलो खेलान पाकिस्तानसँग खेल्दै छ ।

नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सवै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ ।

यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिलेसम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ सवै धेरै जसो खेल आफ्नो र्यांकिङ भन्दा तलका टोलीहरुसंग खेलेको छ । यस अघि भएको एसीसी मेन्स इर्मेजिङ प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो ।

पाकिस्तान अहिले एक दिवशीय विश्व क्रिकेटको एक नम्बर र्यांकिङमा रहेको टिम हो । नेपाल भने १५ औँ नम्बरमा रहेको छ । नेपालको पाकिस्तान विरुद्धको खेलमा लगभग हार निश्चित जस्तै छ तर खेल हो जित निकाल्न पनि सकिन्छ । अहिले पाकिस्तानको कमजोरीको कुरा गर्ने हो भने लगभग देखिदैन भर्रखरै भएको अफ्गानस्थानसँगका तीन खेलमा पाकिस्तानले दुई खेलमा जीत निकाल्न निक्कै संंघर्ष गर्नु परेको थियो तर उसको ‘लोअर मिडल अडर’ले राम्रो व्याटिङ गर्दा जित निकाल्न सफल भएको हो । नेपालको पछिल्ला ५ खेल हेर्ने हो भने एकदमै आउटअफ र्फम रहेको छ ।

जति खेल नेपालले आफ्नो होम ग्राउण्डमा खेलेको छ सवै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रिएको छ । नेपालको प्रमुख हतियार भनेको स्पिन वलिङ रहेको छ तर पाकिस्तानी व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर रहेका छन् नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनिहरु तयार रहेको देखिन्छ ।

नेपालका पूर्वकप्तान पारस खड्का भने यो नेपालको लागि एसिया कप खेल्ने अवसर भने गौरव गर्नु पर्ने अवसर भएको र यसको भरपुर सदुपयोग गर्नु पर्ने वताउँछन् ।

उनी भन्छन् ‘ मंगलबार हुन गइरहेको खेलमा नेपाली टिम र पाकिस्तानी टिमका कण्डिसन धेरै फरक हो । नेपाल जुन अवस्थाबाट यहाँ सम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नु पर्छ । खेलमा हार जीत हुन्छ हामीले हाम्रो साख जोगाएर लाने हो । अहिले नेपाली खेलाडी उत्साहित छन यसको सदुपयोग गर्नु पर्छ ।

नेपाल पाकिस्तानको खेलमा हेर्नै पर्ने खेलाडीहरु

पाकिस्तानी व्याटर बाबर आजम एक दिवशीय क्रिकेटका व्याटिङ र्यांकिङमा पहिलो नम्बरमा रहेका खेलाडी हुन उनी एक्लैले खेल जिताउने क्षमता राख्दछन् । उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४ सय ७२ रन बनाएका छन् उनको स्ट्यकरेट लगभग ८२को रहेको छ ।

त्यस्तै अर्का पाकिस्तानी व्याटर फकर जमान पनि विश्व क्रिकेटको ५ नम्बरको र्यांकिङमा रहेका छन् । उनले पनि पछिल्ला १० खेलमा ५८ को औसतमा ५ सय २३ रन बनाएका छन् । अर्का पाकिस्तानी व्याटर इमाम उल हक पनि विश्व क्रिकेटको तेस्रो नम्बरको र्यांकिङमा रहेका छन् । यि व्याटरहरु नेपालको वलिङ लाइनको लागि खतरा हुनेछन् ।

नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा ३० को औसमा २९७ रन बनाएका छन् । त्यस्तै अर्का व्याटर भीम सार्की हुन उनले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन् । कप्तान रोहित पौडेलको पनि पाकिस्तानसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ । ‘टप अडर’ यदि प्लप भएमा उनले खेल सम्हाल्नु पर्ने देखिन्छ ।

बलरको कुरा गर्नेहो भने पाकिस्तनमा कोही भन्दा कोही कम छैनन् । पाकिस्तानको फास्टबलर र स्पीनर उतिकै दमदार रहेका छन् । एक दिवशीय र्यांकिङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीको पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन् । उनी नेपालको व्याटिङ लाईनको खतरा बन्न सक्छन् उने पेसको अघि नेपाली व्याटर निक्कै सम्हालिएर खेल्न जरुरी देखिन्छ । अर्का फास्ट बलर हरिस रउफ पनि उतिकै खतरा रहेका छन् उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन् ।

नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाईमा सन्दीप लामिछाने पर्छन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ पाकिस्तानी व्याटरलाई । तर सन्दीपले भने विश्वको विभिन्न ठाउँमा गएर खेल खेलेको कारण उनको वलिङको एनालाइसिस् गरेर उनी माथि पाकिस्तानी वलरले एट्याक गर्न पनि सक्छन् । सन्दीपले पछिल्ला १० खेलमा १८ विकेट निकालेका छन् । नेपालका अर्का वलर ललित राजवंशी अहिले निक्कै फर्ममा देखिएका छन् उनको वलिङ पाकिस्तानको लागि खतरा हुन सक्छ । नेपाली वलर करण केसी र सोमपाल कामीले पाकिस्तानविरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भोलि भदौ १३ गते हुनेछ ।

एसिया कपका प्रतिष्पर्धी हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?