विश्वको सबैभन्दा महँगो मूल्यको हिरा यस्तो छ ?

—सिर्जना मिश्र
आजसम्म तपाईले कुनै ठुलो हिरा देख्नु भएको छ ? पक्कै तपाईले कसैले कानमा लगाएको सानो हिरा भने देख्नु भएको होला । पुरानो जमानामा हैदराबादको हिरा व्यवसायी निजामले हिराको प्रयोग प्रायः जसो ‘पेपर वेट’बाट गर्थे ।  यति मात्र नभएर निजामले अग्रजको नजरबाट जोगिनको लागि यसलाई जुत्तामा लगाउथे । विश्वास लाग्दैन होला । तर, तपाईले आफनो नाङ्गो आखाले भने यो हिरालाई हेर्न सक्नुहुन्छ । यो हिराको नाम ‘जैकब डायमण्ड’ हो । 


भारतको दिल्लीमा रहेको राष्ट्रिय संग्राहालयमा हेदराबादमा उक्त व्यवसायीक आभुषण प्रदर्शनी मेलामा यो हिरा राखिएको थियो ।  यो विश्वको सबैभन्दा सातौँ ठुलो हिरा हो । यो साइजको हिरा कोहिनुर भन्दा पनि ठुलो छ । आज पनि यो हिराको मुल्य सुनेर तपाई पछाडिको जिरो गन्न बाध्य हुनुहुन्छ । यो हिराको मुल्य भारतिय ९ सय करोड पर्न आउछ । हाल यो हिराको स्वामित्व अधिकार भारत सरकारको छ ।

 
हेदरावादको छैठौँ आभुषण व्यवसायी महबुव अलीखापासाले यो जैकब नामको हिरा व्यापारीबाट खरिद गरेका थिए । त्यसैले यो हिराको नाम जैकब डाईमण्ड राखिएको हो ।  
त्यसैगरि यो हिरालाई ‘इपीरियल’ वा ‘ग्रेटवाइलेट’ साथै भिक्टोरिया नामले पनि परिचित छ । यो हिरा दक्षिण अफ्रिकाको किबर्लीखानमा भेटिएको हो । उक्त हिरालाई कुद्नु वा काट्नु भन्दा पहिला यो हिराको घनत्व ४ सय ५७ दशमदव ५ रहेको छ ।

यो हिरा भने वर्षौ पहिले चोरी भएको थियो । यो भन्दा अगाडी उक्त हिरा लन्डनमा र पछि होल्याण्डको एक कम्पनिलाई बेचिएको थियो । यसलाई होल्याण्डको महारानीको अगाडी काटिएको थियो त्यतिबेला यसको घनत्व १ सय ८४ दशमलव ५ क्यारेट थियो ।  कुरा सन् १८९० को हो, मैल्कम जैकब नामको हिरा व्यापारीले हैदराबादमा छैठौँ निजाम महबुव अलीखापासालाई उक्त हिराको नमुना देखाएका थिए । यो हिरा बेच्नका लागि ती व्यापारीले एक करोड २० लाखको प्रस्ताव समेत रोखका थिए ।  तर, निजामले केवल ४६ लाख मात्र दिन तयार भएको थियो । 


आधा रकम लिएर जैकबले इङ्ल्याण्डबाट हिरा मगाए तर, निजामले पछि यो हिरा लिन अस्विकार गरे र आफ्नो पैसा फिर्ता समेत मागे । जैकबले  पैसा नपठाउनलाई कलकत्ताको उच्च न्यायलयमा मुद्दा चलाए र सन् १८९२ मा निजामलाई यो हिरा प्राप्त पनि भयो । 


जैकब हिरा मध्ये यहाँ कफलिक, श्रीपेच हार झुम्का, चुरा र औँठी पनि छ ।  दिल्लीमा आभुषण प्रर्दशनी मेला लागेको यो तेस्रो पटक हो । यो भन्दा अगाडी सन् २००७ मा यस हीरालाई प्रर्दशनिमा राखिएको थियो । 

ऐजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?