५० औँ ओडिआई खेल्दै सन्दीप लामिछानेले

लोकपथ
252
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बुधबार पाकिस्तानविरुद्ध आफ्नो ५० औँ ओडिआई खेल खेल्ने भएका छन् ।

नेपालले एसिया कप अन्तर्गतको उद्घाटन खेलमा आज पाकिस्तानविरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा सुरु हुनेछ ।

सन्दीपले उक्त खेलमा आफ्नो ५० औँ ओडिआई खेल पूरा गर्ने छन् । सन्दीपले ४९ ओडिआई खेलमा ३ सय ६७ रन बनाएका छन् भने उनले १ सय ११ विकेट लिएका छन् ।

सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । सन्दीप नेपालबाट ५० ओडिआई खेल खेल्ने तेस्रा खेलाडी हुन् । यस अघि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ५० ओडिआई खेल पूरा गरेका छन् ।

नेपालबाट सर्वाधिक धेरै ओडिआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् । सन्दीपपछि आरिफ शेख र सोमपाल कामीले समान ४७-४७ ओडिआई खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?