एन्फाले गर्‍यो यू–१६ राष्ट्रिय फुटबल टोलीको विदाई

लोकपथ
21
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ, एन्फाले भुटानमा हुन लागेको साफ अन्डर १६ फुटबल प्रतियोगिताका लागि आज नेपाली राष्ट्रिय टोलीलाई शुभकामना सहित विदाई गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यू १६ राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिदै विदाई गरे  । टोलीमा २३ जना खेलाडी,प्रशिक्षक,हेड कोच,फिजिसियन,असिस्टेन्ट कोच लगायत कूल ३० सामेल रहेका छन् ।

उनले टोलीलाई संयमतापूर्व खेलेर जित निकाल्नका लागि सुझाए ।

उनले भने,‘तपाइँहरुको उमेर भनेको बढी चाँडो रिस उठ्ने,आफूले आफैंलाई सम्हाल्न नसक्ने उमेर हो । विशेष तपाईँहरुले खेलको अनुशासनमा रहेर रिसलाई हात र मुखमा भन्दा पनि खुट्टाबाट देखाउन प¥यो । टीम भावनाले खेल्नुप¥यो । जबसम्म तपाईँहरुले टीम भावनाले खेल्नु हुन्न, जित्न सकिदैन । खेल्दै जाँदा कमीकमजोरी हुन्छ,त्यसलाई दोहो¥याउनु भएन । जित्दाखेरीको अवस्था र हार्दाखेरीको अवस्थामा संयमित भएर खेल्दिन पर्‍यो ।’

अध्यक्ष नेम्वाङले अहिलेको टीमबाट उपलब्धिको ठूलो आशा रहेको समेत बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?