काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका बलर पाकिस्तानका मोहमद रिजवानलाई आउट गरेका हुन् । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । मोहम्मद रिजवानलाई ४४ रनमा आउट भएका छन् ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेलेको हो । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।
छ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया