काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा जारी खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
नेपालका बलर सन्दीप लामिछनोले पाकिस्तानका आगा सलमानलाई आउट गरेका हुन् ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेलेको हो । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।
छ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया