आठौँ राष्ट्रिय खेलकुद प्रदेश २ छनोट : बक्सिङ खेलाडी छनोट

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट बक्सिङ खेलाडी छनोट भएका छन् । 

पुरुष ४९ केजीमा पवनकुमार श्रेष्ठ, ५२ केजीमा सुवासचन्द्र सिंह, ६० केजीमा सुदिप घिसिङ, ७५ केजीमा दिवस गुरुङ, ८१ केजीमा विमलकुमार मण्डल र ९० केजीमा एकराज रायमाझी छनोट भए ।
त्यस्तै प्रदेश ३ बाट सहभागी हुने भारोत्तोलन खेलाडी पनि छनोट भएका छन् ।

पुरुष ५५ केजीमा समिर मानन्धर, ६७ केजीमा अर्जुन लामा, ७३ केजीमा सुवर्ण शाक्य, ८१ केजीमा समृद्धि प्रकाश र शिरीष राजभण्डारी तथा ८९ केजीमा टसबहादुर गुरुङ छानिए ।

त्यस्तै उसुको थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नुवाकोटका रविन तामाङ र महिलामा सिन्धुपाल्चोककी जुनु स्याङबो लामा, पुरुष नान् छ्वान/नान कुनमा सिन्धुलीका अमरबहादुर पुलामी मगर, महिला नान् छ्वान/नान तावमा ललितपुरकी सीता ठाडा मगर, पुरुष थाइची छ्वान/थाइची चेनमा सिन्धुपाल्चोकका पासाङ शेर्पा, महिला थाइची छ्वान/थाइची चेनमा मकवानपुरकी सर्मिला लामा, पुरुष ताव सु-कुन्सुमा काठमाडौंका सुरज तामाङ तथा महिला चियन सु छियाङमा ललितपुरकी दिपिका राई छनोट भए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?