काठमाडौं । मित्र राष्ट्र चीनको हाङ्गझाउ शहरमा आयोजना हुने १९ एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना बैद्यले आज टिमलाई हस्तान्तरण गरे ।
कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले नेपाली राष्ट्रिय महिला टोलीका सदस्य २२ खेलाडी, ३ प्रशिक्षक, १ व्यवस्थाप र १ फिजियोलाई गरी २७ थान किट्स ब्याग प्रदान गरको ओलम्पियन बैद्यले जानकारी गराईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया