आँगनमा गफ गरेर बसेका दुई महिलाको गाडीले किचेर मृत्यु, एक घाइते

धादिङ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर आइतवार दुई महिलाको मृत्यु भएको छ भने एक घाइते भएकी छिन् । 

गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतवार राति पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो । 

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?