काठमाडौं । मलेसियामा आजबाट सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले जित हात पारेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो ।
मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाईन् ।
नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २र२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १र१ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन् ।
अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियाकी एना हमिजाले २ विकेट लिईन् । अब दोसो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।
यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया