एजेन्सी । भारतविरुद्धको पहिला टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ ।
बिशाखापटनममा आइतवारराति सम्पन्न भएको पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो । यो जितसँगै दुई म्याच सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।
१ सय २७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पुरा ग-यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५६ रन जोडे । त्यस्तै ओपनर ब्याट्सम्यान डी आर्सी सर्टले ३७ रन बनाए ।
यता भारतका लागि जसप्रित बुम्राहाले सर्वाधिक ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रनको योगफल तयार पारेको थियो । भारतका लागि केएल राहुलको अर्धसतकिय पारी खेले । उनले ३६ बलमा ६ चौका र १ छक्काको मदतमा ५० रन जोडेका थिए । त्यस्तै महेन्द्र सिंह धोनीले अविजित २९ रन तथा विराट कोहलीले २४ रन जोडेका थिए ।
अष्ट्रेलियाका नाथन कुल्टर नाइलले सर्वाधिक तीन विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया