एजेन्सी । अमेरिकाले चिनियाँ सामानको आयातमा शूल्क वृद्धि नगर्ने निर्णय गरेको छ ।
गत साता सम्पन्न अमेरिका र चीनबीचको व्यापारसम्बन्धि वार्ता उपलब्धिमूलक भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि आयात शूल्क स्थगन गर्ने निर्णय गरेको हो ।
अमेरिकाले आगामी शुक्रवारबाट लागू हुनेगरी चिनियाँ सामानको आयातमा १० देखि २५ प्रतिशतसम्म आयात शुल्क बढाउने निर्णय गरेको थियो ।
पछिल्लो समय दुई मुलुकबीच भएका व्यापार वार्ता प्रगतिमुलक भएको भन्दै राष्ट्रपति ट्रम्पले व्यापार सम्झौतालाई थप मजबुत बनाउन चीनका राष्ट्रपति सी जिनपिंगसँग शिखर वार्ताको योजना बनाइरहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया