ला लिगा फुटबलमा रियल म्याड्रिडको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत रियल म्याड्रिडले संघर्षपुर्ण जित निकालेको छ । 

आइतवारराति सम्पन्न भएको लिगको २५ औँ चरणको खेलमा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले १३ औँ स्थानमा रहेको लेभान्तेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा रियलका लागि करिम बेन्जामाले पेनाल्टीमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडी परेको लेभान्तेका लागि ६० औँ मिनेटमा मार्टीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यस्तै ७८ औँ मिनेटमा रियलका लागि ग्यारेथ बेलले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए ।

८६ औँ मिनेटको खेल चलिरहँदा नाचो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल म्याड्रिड १० खेलाडमिा सिमित भएको थियो । ८८ औँ मिनेटमा लेभान्तेका रुविन रोचिनाले रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि खेलमा थप गोल भएन र खेल रियलले २-१ ले जित्यो ।

जितपछि रियल म्याड्रिडले ४८ अंक बनाएको छ । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाको ५७ अंक छ । 

त्यस्तै आइतवार राति ने भएका अन्य खेलहरुमा रियल बेटिसले भाल्लाडोलिटलाई २-० गोल अन्तरले तथा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले भिल्लारियलाई २-० गोल अन्तरले पराजित ग-यो ।

यता लेगानेस र भ्यालेन्सियाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?