काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले ब्रिकी नभएको हकप्रद शेयर बोलकबोल लिलामको लागि आह्वान गरेको छ।
कम्पनीले बिक्न बाँकी रहेको एक लाख दुई हजार ३ सय ६४ कित्ता हकप्रद शेयर बोलकबोल लिलामको लागि आह्वान गरेको हो । जनरल इन्स्योरेन्सले गत पुष १७ देखि माघ २१ गतेसम्म चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
४३ लाख २० हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्दा सर्वसाधारणतर्फ एक लाख सात सय ६६ कित्ता र संस्थापकतर्फ एक हजार पाँचसय ९८ बिक्री हुन बाँकी रहेको थियो ।
बिक्री नभएको उक्त शेयर यहि फागुन २२ गतेदेखि ३० गतेसम्म बोलकबोल लिलामको लागि बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।
आवेदकले न्युनतम सय कित्ता र अधिकतम बिक्री खुल्ला गरिए बराबरकै लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आवेदकले कम्पनीको देशभर रहेको विभिन्न शाखाबाट आजेदन दिन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया