राजकुमार फैक बोल्किह यसरी बने विश्वको सबैभन्दा धनाढ्य युवा खेलाडी

एजेन्सी । भनिन्छ, पैसा देखे पछि महादेवको पनि तीन नेत्र खुल्छ रे ? यो उखान नेपाली समाजमा परिचित छ । विश्व फुटबल जगतमा संसार कै सबैभन्दा धनी खेलाडी बन्ने होडबाजी गर्ने चलन पनि जारी नै छ । 

पछिल्लो समय अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धनी फुटबलरका रुपमा गनिन्थ्यो । 

यता ब्राजिलियन स्टार स्ट्राइकर नेयमार पनि विश्वको सबैभन्दा धनाढ्य फुटबलर  बन्ने दौडमा छन् । विश्व फुटबल जगतमा खेलाडीलाई कीर्तिमानी मूल्यमा क्लबमा भित्र्याउने देखि ट्रान्सफर गर्ने होडबाजी अहिले पनि चलिरहेको छ ।

विश्व चर्चित कुनै खेलाडी क्लबमा आवद्ध हुँदा उनले पाउने पारिश्रमिक सुन्दा कति जनाले जिब्रो टोक्दै भन्ने गर्छन, ‘कति धेरै हो खेलाडीको पारिश्रमिक ?’  

धनी बन्ने होडबाजीमा नै अर्का एक युवा खेलाडी अहिले सामाजिक सञ्चालमा  भाइरल बनेको छ । साथै उनको बारेमा विभिन्न सञ्चारमाध्यममा छ्याप-छ्याप्ती समाचार पनि आइरहेको छ । उनी हुन् फैक बोल्किह । 

युरोपको टप लिग इंग्लिस प्रिमियर लिग फुटबल खेलिरहेका बोल्किह विश्वको सबैभन्दा धनाढ्य खेलाडीको सुचिमा पहिलो स्थानमा रहेका छन् । इंग्लिस क्लब लेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका उनी आक्रामक विंगरका साथै ब्रुनाईका शाही परिवारका राजकुमार समेत हुन् ।  सन् २०१६ मा चेल्सीबाट उनी सिनियर क्लब लेस्टर सिटीमा आवद्ध भएका थिए । उनले युथ फुटबल करियरमा एक वर्ष चेल्सीमा नै बिताएका थिए । 

ब्रुनाईका सुल्तानका भतिजो समेत रहेका फैकको कमाई १५ बिलियन पाउन्ड रहेको छ । जहाँ प्रिमियर लिगमा महंगा भनिएका एलेक्सिस सान्चेजको कमाई प्रति हप्ता तीन लाख ५० हजार पाउन्ड रहेको छ । त्यस्तै एरोन राम्सेको प्रतिहप्ता चार लाख पाउन्ड रहेको छ । रोनाल्डोको कमाई दुई सय मिलियनदेखि दुई सय ५० मिलियन पाउन्डसम्म छ ।

सन् १९९८ मा लस एन्जलसमा जन्मिएका बोल्किहले सन् २००९ देखि एएफसी न्युबरीबाट फुटबल खेल्न थालेका हुन् । 

जुनियर क्याम्पमा उनले २००९ देखि २०१३ सम्म चार वर्ष साउह्यामटनमा बिताए । त्यसपछि २०१३ मा उनी आर्सनल एकेडेमीमा पुगे । एक वर्ष आर्सनलमा बिताएका फैकको रुची चेल्सीमा आवद्ध भए । 

राजकुमार बोल्किहका काका जेफ्री बोल्किह हुन् । उनी ब्रुनई शाही परिवारको शीर्ष प्लेब्याकको रुपमा परिचित छन् । राजकुमार बोल्किहसँग विश्व कै सबैभन्दा मंहगो गाडी फेरारी, रोल्स रोयज र बेन्ट्लेज गरि २३ सय कारहरु छन् ।  

आफ्नो पोजिसनमा निकै मेहेनत गर्ने फैक आफ्नो टिममा घुलमिल हुन र अभ्यासमा रम्न बढी मन पराउँछन् । उनलाई नाइक कम्पनीले प्रायोजन समेत गरेको छ । उनी २०१६ देखि ब्रुनाई राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । सिनियर टोलीमा फैकले ६ खेल खेल्दै एक गोल गरेका छन् ।

उनले ब्रुनाईका लागि सन् २०१३ देखि २०१५ सम्म उमेर समूहमा यू–१९, यू–२१ र यू–२३ का सबै खेल खेलेका थिए ।

अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन । उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टलेज, फरारी, रोल्स रोयस जस्ता बहुमूल्य र आरामदायी कारको व्यवस्था गरि दिएका छन् ।

प्रिन्स जेफ्रीले आफ्नो ५० औँ जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टको आयोजना समेत गरेका थिए ।

शाही परिवारमा जन्मिएका बोल्किहको फुटबल मोहप्रति भने सबैजना चकित छन् । उनले पैसाको लागि भन्दा पनि आफ्नो फुटबल खेल्ने इच्छालाई पुरा गरिरहेका छन् । उनलाई विश्वको सबैभन्दा धनाढ्य खेलाडी बन्दा त्यति आत्मसन्तुष्ट मिलेको छैन । किनकी उनी विश्वको सबैभन्दा सर्वोत्कृष्ट खेलाडी बन्न चाहान्छन् । त्यसैले अहिलेसम्म पनि उनले फुटबलमा मेहेनत गर्न छाडेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?