काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले शानदार जित हात पारेको छ । नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन जोडिन् । सिता रानामगरले ३ बलमा २ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।
बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाएकी थिइन् । नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १र१ विकेट लिईन् ।
नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया