काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सोमवारदेखि साधारण सेयर ‘आइपिओ’ बिक्री शुरु गरेको छ ।
कम्पनीले १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २ सय ५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७ सय ५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।
कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५ सय १२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।
केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया