बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

लोकपथ
42
Shares

काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् ।

संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्वन्द्वी उमेश पियाले १४ मत पाए ।

शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए । मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले काठमाडौं जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको प्रतिद्धन्द्धी उमेश पिया चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी हुन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?