अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई दुई पदक

काठमाडौं । स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरीले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै रोशन आचार्यले भने कास्य पदक हात पारेका छन् । स्पेनको भ्यालेन्सियास्थित अलमसेरा स्पोर्टस सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक जितेका हुन् ।  उनले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण पदक हात पारे ।

त्यसअघि सेमिफाइनलमा भने उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराएका थिए । 

त्यस्तै नेपालका रोशनले फाइटतर्फपुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए ।

त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कास्य पदक पक्का गरे । तर, सेमिफाइनलमा इटालीका अर्टिअम प्रोकासँग पराजित भएपछि उनी कास्य पदकमै सीमित भए ।

सोही च्याम्पियनसिपमा नेपालका प्रशिक्षक समेत रहेका अभिसेक मल्लले बेस्ट रेफ्रीको समेत अवार्ड हात पार्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?