पुनः २० अर्ब रुपैंयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन २० अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरीबिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकबोलकको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकका अनुसार भदौ १९ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असोज १६ गते, २०८० मंसिर १९ गते, २०८० फागुन २२ गते र २०८१ भदौ १८ गते तोकिएको छ ।

यि सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्र्तगका रहेका छन् । यसअघि यही भदौ ११ गते पनि १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?