एजेन्सी । पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार हमला भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार गएराति सो हमला भएको हो ।
पाकिस्तानी पक्षले भने भारतीय वायुसेनाको विमान नियन्त्रण रेखा पार गरी पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर हमला गरेको आरोप लगाएको छ ।
मंगलबार बिहानै पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफूरले केही तस्वीरका साथ ट्वीट गर्दै लेखेका छन्, ‘भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको छ, पाकिस्तानी वायुसेनाले तत्काल कारवाही गरेको छ ।’
भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् ।
विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने वायुसेनालाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘म भारतीय वायुसेनाका पाइलटहरुलाई सलाम गर्छु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया