एजेन्सी । इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा दिएका छन् ।
विदेशमन्त्री जरीफले इन्स्ट्राग्राममार्फत् आकस्मिक रुपमा राजीनामा दिएको घोषणा गरेका हुन । उनले सरकारबाट आफ्नो कार्यकालका बेला भएका गल्तीको माफीसमेत मागेका छन् ।
जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तर पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौता रद्द भएको घोषणा गरेका थिए । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बनेका थिए ।
उनले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया