काठमाडौं । ज्यापु समाज यलले ‘प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” को आयोजना गर्ने भएकोे छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ज्यापु समाज यलको ३० औं वार्षिक साधारणसभाको उपलक्ष्यमा भदौ २५ गते ब्याडमिन्टन प्रतियोगिता २०८०” को आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यलका संयोजक बाबुराजा महर्जनले ‘आफ्नो स्वास्थ आफ्नो हातमा’ भन्ने नाराका साथ युवाहरुको स्वास्थ अवस्थामा सकारात्मक परिवर्तन गर्न टेवा पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘आफ्नो स्वास्थ आफ्नो हातमा” भन्ने भनाई अवलम्बन गरी युवाहरुको स्वास्थ अवस्थामा सकारात्मक परिवर्तन गर्न टेवा पुयाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु तथा अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरु तयार गर्ने यस प्रतियोगिताको प्रमुख लक्ष्य रहेको छ ।’
प्रतियोगितामा सहभागिलाई चार समूहमा विभाजित गरिएको छ । जसमा मेन्स डबल , भेट्रान्स डबल ,अण्डर १७ ब्वाईज, अण्डर १७ गर्ल्स रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया